वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व द्वितीया - २
कार्यको प्रमुख दायरा
यस कार्यालयको कार्यको मुख्य दायराको रुपमा संगठन संरचनागत कार्यक्षेत्र अन्तर्गत धादिङ जिल्लाभरका प्रदेश सरकार स्तरीय कार्यालयहरु पन्ध्र वटा तथा स्थानीय सरकार अन्तर्गतका एघार वटा गाउपालिका, दुई वटा नगरापलिकाका र तीन वटा संघीय कार्यालयहरु रहेका छन् । कार्यक्षेत्रगत रुपमा प्रदेश सरकार स्तरीय कार्यालयहरुको विनियोजन, राजश्व, धरौटी, विविध/कार्यसन्चालन कोष सन्चालन, व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, लेखा कारोवार, जिन्सी व्यवस्थापन, वेरुजु,कार्यालयहरु निरिक्षण, प्रतिवेदन सम्बन्धी पर्दछन् भने स्थानीय सरकार अन्तर्गतका नगरपालिकाहरु तथा गाउपालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने वित्तीय समानीकरण, विशेष, सशर्त र समपुरक अनुदान बजेट निकासा/जम्मा दिने तथा सो को लेखांकन र प्रतिवेदन गर्ने समेत कार्यक्षेत्र रहेको छ ।