परिचय

परिचय

बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौडा मकवानपुर अन्तर्गत प्रदेश लेखा इकाई कार्यालय धादिङको रुपमा स्थापना गरिएको प्रदेश सरकारीय कार्यालय हो।यो कार्यालय धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थित नीलकण्ठ नगरपालिका वडा नं. तीनमा रहेको छ।यस कार्यालयको जनशक्तिमा; लेखा समूह, अधिकृत सातौ तहका प्रमुख रहने संगठन तथा व्यवस्थापन छन् भने अन्य जनशक्तिहरुमा लेखा समूह, अधिकृत छैठौ तहका, सहायक पाचौ तहका र सामान्य प्रशासन समूहका कार्यालय सहयोगी कर्मचारीहरु रहने व्यवस्था छ।

यस कार्यालयको कार्यहरु,उद्धेश्यहरुमा बागमती प्रदेश सरकार मातहतका कार्यालयहरुको विनियोजित बजेट, स्वीकृत कार्यक्रमको सिमा भित्र रही कार्यक्षेत्रका कार्यालयहरुले बजेट निकासा/खर्च भुक्तानी माग भएनुसार भुक्तानी दिने, धरौटी, राजश्व, विविध/कार्य सन्चालन कोष सम्बन्धी र सो को लेखा राख्ने, लेखा राख्न लगाउने साथै खर्च नियन्त्रण गर्ने, कोष व्यवस्थापन गर्ने, IPFMS, CGAS, PAMS, NRIMS जस्ता विधुतीय सरकारी लेखा प्रणालीहरुको प्रयोग, सन्चालनको प्रशासकको रुपमा, कार्यालयहरुको लेखा, जिन्सी व्यवस्थापन, वेरुजु लगायतका विषयहरुको निरीक्षण गर्ने, आन्तरिक लेखापरीक्षण र प्रतिवेदन गर्ने कार्य गरी आर्थिक तथा वित्तीय अनुशासन कायम गर्नु रहेको छ।

त्यसैगरी धादिङ जिल्लाका स्थानीय सरकार अन्तर्गतका नगरपालिकाहरु तथा गाउपालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने वित्तिय हस्तान्तरणका वित्तिय समानीकरण अनुदान, विशेष अनुदान, सशर्त अनुदान र समपुरक अनुदानको बजेट त्रैमासिक रुपमा अख्तियारी प्राप्त भएनुसार, शर्तहरु पुरा गरी निकासा माग भएमा निकासा/जम्मा दिने तथा सो को लेखांकन र माथिल्लो निकायमा प्रतिवेदन गर्ने कार्य गर्दछ। यस कार्यालयको संगठन संरचनागत कार्यक्षेत्र अन्तर्गत धादिङ जिल्लाभरका प्रदेश सरकार स्तरीय कार्यालयहरु पन्ध्र वटा तथा स्थानीय सरकार अन्तर्गतका एघार वटा गाउपालिका कार्यालयहरु र दुई वटा नगरापलिकाका कार्यालयहरु र तीन वटा संघीय कार्यालयहरु रहेका छन् भने कार्यगत क्षेत्रका रुपमा विनियोजन, राजश्व, धरौटी, विविध/कार्यसन्चालन कोष सन्चालन, व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, लेखा कारोवार, जिन्सी व्यवस्थापन, वेरुजु, सम्बन्धी कार्यालयहरु निरिक्षण, प्रतिवेदन सम्बन्धी रहेका छन् ।