वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व द्वितीया - २
कार्यालयको उद्देश्य तथा लक्ष्य
बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि निकायको रुपमा बागमती प्रदेश सरकार मातहतका कार्यालयहरुको विनियोजित बजेट स्वीकृत कार्यक्रमको सिमा भित्र रही कार्यक्षेत्रका कार्यालयहरुले बजेट निकासा/खर्च भुक्तानी माग भएमा भुक्तानी दिने, धरौटी, राजश्व, विविध/कार्य सन्चालन कोषको लेखा राख्ने, लेखा राख्न लगाउने साथै खर्च नियन्त्रण गर्ने, कोष व्यवस्थापन गर्ने, IPFMS, CGAS, PAMS, NRIMS जस्ता विधुतीय सरकारी लेखा प्रणालीहरुको प्रयोग, सन्चालनको प्रशासकको रुपमा, कार्यालयको लेखा, जिन्सी व्यवस्थापन,वेरुजु लगायतका विषयहरुको निरीक्षण गर्ने, आन्तरिक लेखापरीक्षण र प्रतिवेदन गर्ने कार्य गरी आर्थिक तथा वित्तीय अनुशासन कायम गर्नु उद्धेश्य, लक्ष्य रहेको छ।