यसका कार्यहरु
यस प्रदेश लेखा इकाई कार्यालय धादिङको देहाय बमोजिमका मुख्य कार्यहरु रहेका छन्।
- प्रणाली सन्चालन सम्बन्धी :- विधुतीय सरकारी लेखा प्रणालीहरु जस्तै IPFMS, CGAS, NRMIS, PAMS-V2 र FMIS को प्रयोग, सन्चालन, कार्यक्षेत्रका कार्यालयहरुलाई प्रयोगको अनुमति दिने, नदिने।
- विनियोजन वजेट सम्बन्धी :- आफ्ना र कार्यक्षेत्रका कार्यालयहरुलाई विनियोजन वजेटको (चालु, पुँजीगत) निकासा-भुक्तानी दिने, लेखा राख्ने, लेखा राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गर्ने, आर्थिक विवरण प्रमाणित गर्ने र प्रतिवेदन गर्ने।
- धरौटी सम्बन्धी :- आफ्ना र कार्यक्षेत्रका कार्यालयहरुको धरौटीको आम्दानी/फिर्ता/सदरस्याहा-भुक्तानी दिने, लेखा राख्ने, लेखा राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गर्ने, आर्थिक विवरण प्रमाणित गर्ने र प्रतिवेदन गर्ने।
- राजश्व सम्बन्धी:- आफ्ना र कार्यक्षेत्रका कार्यालयहरुको राजश्वको लेखा राख्ने, लेखा राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गर्ने, आर्थिक विवरण प्रमाणित र प्रतिवेदन गर्ने।
- विविध/कार्यसन्चालन कोष सम्बन्धी:- आफ्ना र कार्यक्षेत्रका कार्यालयहरुको आम्दानी/निकासा-भुक्तानीको लेखा राख्ने, लेखा राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गर्ने, आर्थिक विवरण प्रमाणित गर्ने र प्रतिवेदन गर्ने।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी:- एक आर्थिक वर्ष भित्र आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यालयहरुको सार्वजनिक निर्माण खरिद लगायतका सम्पूर्ण आर्थिक कारोवारहरुको नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता जस्ता लेखापरीक्षणका विधि, सिद्दान्तको, निर्देशिका समेतको आधारमा त्रैमासिक, वार्षिक रुपमा योजना बनाई आन्तरिक लेखापरीक्षण गरी आर्थिक अनुशासन कायम गर्दछ र प्रतिवेदन समेत गर्दछ।
- वित्तीय हस्तान्तरण बजेट सम्बन्धी:- बागमती प्रदेश सरकारबाट धादिङ जिल्लाभरका स्थानीय निकायहरुलाई दिइने वित्तीय हस्तान्तरण बजेट अन्तर्गत अनुदान वजेट प्राप्त अख्तियारी बमोजिम निकासा/जम्मा गर्ने, लेखा राख्ने, आर्थिक विवरण प्रमाणित र प्रतिवेदन गर्ने।
- राजश्व वाडफाड अनुगमन सम्बन्धी :- धादिङ जिल्लाको स्थानीय निकायहरुले बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय निकाय विच बाँडफाड गरिने प्रकारका राजश्व आम्दानी/संकलन, प्रदेश सन्चित कोषमा जम्मा आदी सम्बन्धी कार्यको अनुगमन, निरिक्षण र प्रतिवेदन गर्ने।
- सार्वजनिक सम्पत्ति व्यवस्थापन सम्बन्धी :- आफ्ना र कार्यक्षेत्रका कार्यालयहरुको घरजग्गा, जिन्सी मालसामानको लेखा राख्ने, लेखा राख्न लगाउने, लिलाम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण गर्ने र प्रतिवेदन गर्ने।
- निरीक्षण/प्रतिवेदन सम्बन्धी :-कार्यक्षेत्रका कार्यालयहरुको विनियोजन, राजश्व, धरौटी, विविध/कार्य सन्चालन कोष, वेरुजु, लेखा, जिन्सी तथा अन्य विषयहरुमा निरीक्षण प्रतिवेदन गर्ने ।
- अन्य कार्यहरु :- कार्यक्षेत्रका कार्यालयहरुको तथ्याङ्क अद्यावधिक, लेखा समूहका जनशक्ति व्यवस्थापन, राय सल्लाहा दिने, गोष्ठी, माथिल्लो निकायबाट प्राप्त हुने आदेश, निर्देशन बमोजिमका कार्यहरु ।